८ मंसिर, २०८१ शनिबार
02:50:39 PM
१८ जेठ, २०७९
काठमाडौँ । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । बैंकको प्रमुख कर्जा अधिकृत रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
सञ्चालक समितिले निर्णय अनुसार नयाँ नियुक्ति आज (बुधबार) देखि लागू भएको छ । नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएको रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंकमा गरी कुल २१ वर्षको अनुभव लिनुभएको छ ।