८ मंसिर, २०८१ शनिबार
02:40:38 PM
१८ जेठ, २०७९
जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ।
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिना लागेपछि वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ।
जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र दोस्रो साता (जेठ १३ गतेसम्म) ६ अर्ब रुपैयाँ रुपैयाँले बढेको हो। जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी, वाणिज्य बैंकहरुको यस अवधिमा कर्जा लगानी पनि ७ अर्ब रुपैयाँले बढेर छ । जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ। गत वैशाख मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो। निक्षेप संकलन बढ्दा बैंकहरुको सिडि रेशियो भने केहि घटेको छ। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.४१ प्रतिशत रहेको छ ।