१३ बैशाख, २०८१ बिहिबार

12:34:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्व बैंकले श्रीलंकालाई ७० करोड डलर सहयोग गर्ने

Nepal Business

१७ जेठ, २०७९

विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

विश्व बैंकले श्रीलंकालाई ७० करोड डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलंकाका विदेशमन्त्रीले सोमबार जनाकारी दिनु भएको छ । 

कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए ।

मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताउनु भएको छ ।

विश्व बैंकका देशीय प्रबन्धकले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलंकाको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताउनु भएको छ । 

हाल श्रीलंकाले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या निम्त्याएको छ ।