१६ चैत, २०८० शुक्रबार

01:24:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्ने

Nepal Business

२५ भदौ, २०७९

जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ

सरकारले बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्ने

काठमाडौँ,

ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताउनुभएको छ । 

शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

शनिबार पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भन्नुभयो, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।” 

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उहाँले  घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा उहांँले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताउनुभयो । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उहाँले भन्नुभयो, “गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन साँझ टुङ्गिन्छ ।”