८ मंसिर, २०८१ शनिबार
02:24:47 PM
१७ जेठ, २०७९
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लघुवित्तको ९.३३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय ८७ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । लघुवित्तको सातौँ वार्षिक साधारण सभा जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।