६ जेठ, २०८१ आइतबार

07:11:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साना किसान विकास लघुवित्तको २६.१३% बोनस (शेयर र नगद) स्वीकृत

१९ पुस, २०७८

साना किसान विकास लघुवित्तको २६.१३% बोनस (शेयर र नगद) स्वीकृत

पुस १९, २०७८

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि।को २० औं वार्षिक साधारणले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७र७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १।३१५ प्रतिशत उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न २० औं वार्षिक साधारण सभामा २५ प्रतिशत बोनस सेयर वितरण गर्ने सम्वन्धमा भएको छलफलमा साधारण सभाले स्विकृति प्रदान गरेसंगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयर सदस्यहरुलाई वोनस वितरण गर्ने पक्का भएको हो । 

साधारण सभामा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वित्तीय संस्थाको जारी र चुक्तापुँजी रु। १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७।६० पुर्याउन २० औं साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार आ।व। २०७६र७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७र७८ अन्त्यमा ७।१३ प्रतिशतले बृद्धि भई २६ अर्ब १२ करोड पुगेको छ। आर्थिक वर्ष २०७७र७८ मा प्रति शेयर आम्दानी रु। ४८।९४, प्रति शेयर बुक नेटवर्थ रु। २२५।२४, निष्कृय कर्जा ०।६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३।५१, र कुल पुँजी कोष १२।५८ प्रतिशत रहेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । ०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण रु। २४ अर्ब ५३ करोड पुगेको छ। 


अहिले वित्तीय संस्थामा आवद्ध १ हजार २३३ र आवद्ध हुने क्रममा रहेका १५७ समेत १ हजार ३९० साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख परिवारमा ७० अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पुर्याउने लक्ष्य राखेको छ। 

वित्तीय संस्थाले लघु कर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती कर्जा, साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा, बैदेशिक रोजगारमा जाने र गई पर्केका युवाहरुलाई लक्षित गरी सुनौलो भविष्य र समृद्धि कर्जा, कृषि कर्जा, नविकरणीय उर्जा कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षण प्रवर्द्धन, कृषि तथा पशुपालन प्रवर्द्धन, सीप तथा क्षमता विकास, सामाजिकरसाुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ। 

अहिले वित्तीय संस्थामा आवद्ध १ हजार २३३ र आवद्ध हुने क्रममा रहेका १५७ समेत १ हजार ३९० साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख परिवारमा ७० अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पुर्याउने लक्ष्य राखेको छ। 

साधारण सभामा उपस्थित सबैलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले स्वागत गर्नुभएको थियो भने कम्पनी सचिव झलेन्द्र भटृराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।