८ मंसिर, २०८१ शनिबार

02:17:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेन्ट्रल फाईनान्सको १ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१७ जेठ, २०७९

सेन्ट्रल फाईनान्सको १ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले केही संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । फाईनान्सका केही सेयरधनीहरूले आफ्नो नाममा रहेको १ लाख ४४ हजार ४ सय ९० कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुनाले  उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

फाईनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा फाईनान्सको सेयर रजिष्टार एनएमबि क्यापिटलमा निवेदन दिन आग्रह गरेको हो ।

यस अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनैपनि निवेदन पेस नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरूलाई सेयरहरू बिक्री गरिने कम्पनीले जनाएको छ ।