७ मंसिर, २०८१ शुक्रबार
09:28:36 AM
१७ जेठ, २०७९
काठमाण्डौं । वाई वाईग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणका लागि आवेदन खुला भएको छ । मंगलबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत यस बर्षको ग्लोकल टिन हिरो नेपालमा सेप्टेम्बर १ तारिखमा हुने ग्लोकलले जानकारी दिएको हो ।
‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकलप्रा.ली. को एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिने कम्पनीले जनाएको छ।
नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाण्डौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डियाबाट तीन र श्रीलन्काबाट दुई जना सम्मनितभएका छन । साथै २० अण्डर २० छनोट गरेर हालसम्म १४०जनालाई सम्मानित गरिएको छ ।
ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य लिएकोछ ग्लोकलले जनाएको छ । सेप्टेम्बर १ मा वाई–वाई ग्लोकलटिन हिरोे नेपाल आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवमअन्यविविध क्षेत्रका व्यक्तिकहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।
ग्लोकलटिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। यसबर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकलटिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ।
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावनातथा समाज परिवर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठूला–ठूला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठूलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न क्षेत्रमाआफ्नो कौशलता दर्साएका प्रतिभावान किशोरकिशोरिहरुले जततउकस्ररनयिअबतिभभलजभचय।अयmरलभउबमिार्फत निशुल्क आबेदन भर्न सक्ने छन ।
पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तरवार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तवार्ता हुनेछ ।
वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ को बिजेता घोषणा गरिने छ । अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, युरोपियन युनियनका राजदूत नोना डेप्रेज, ज्योति गु्रप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति, गोल्छा गु्रप प्रा.लिमिटेडका अध्यक्ष शेखर गोल्छा र गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक विधुसी राणा रहनु हुनेछ ।