१७ कार्तिक, २०८१ शनिबार
01:10:28 PM
१७ जेठ, २०७९
जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको
काठमाण्डौं । वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।
जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकर्स संघले जनाएको छ । सो निक्षेप जेठ १३ गतेसम्म ६ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।
बैंकर्स संघका अनुसार यस अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले चार अर्ब कर्जा प्रवाह गरेको छन् । जेठ ५ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सो कर्जा प्रवाह ४ अर्बले बढेर जेठ १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।