८ मंसिर, २०८१ शनिबार
01:27:22 PM
१७ जेठ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक निती निर्माणको तयारी सूरु गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना प्रकाशित गरी मौद्रिक नीतिका लागि विभिन्न सरोकारवाला निकाय र व्यक्तिहरुसँग सुझाव माग गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको वताएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि अनुसन्धान विभागको इमेल [email protected] वा बालुवाटारस्थित ठेगानामा पुग्ने गरी सुझाव पठाउन सकिने छ ।