७ मंसिर, २०८१ शुक्रबार
05:05:25 PM
१९ पुस, २०७८
१९ पुस, २०७८
सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ । सोमबार छापावला सुनको कारोवार ९३ हजार १०० मा भएको सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोमबारको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० रहेको थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २ सय ६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २ सय ७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८ सय २४ डलर आसपास कारोबार भइरहेको छ ।
कसरी निर्धारण हुन्छ हरेक दिन सुन चाँदीको मूल्य
मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेका छन् ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ ।
सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिने गर्दछ ।
मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गरिँदै आएको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेका छन् ।
यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।