८ मंसिर, २०८१ शनिबार
01:04:32 PM
१७ जेठ, २०७९
काठमाण्डौं । हिजोआज बैंकहरु आर्थिक कारोबारमा मात्र सीतित छैनन् । उनीहरु सामाजिक उत्तरदायित्व वहनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक सामाजिक उत्तरदायित्व बहनमा पनि त्यत्तिकै अब्बल बन्दै गएको छ ।
बैंकले हालै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । यस विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका लागि निरन्तर काम गर्दै आईरहेको छ ।
प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृतद्धारा २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरिएको छ । यसअघि पनि बैंकले विभिन्न सामाजिक क्षेत्रमा सहयोगका सहयोग गर्दै आएको छ ।