७ मंसिर, २०८१ शुक्रबार

08:01:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

Nepal Business

१७ जेठ, २०७९

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी अनुभव

फोन पेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

काठमाण्डौं । फोन पेले प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापालाई नियुक्त गरेको छ । मंगलबार थापालाई फोन पेको संचालक समितिले प्रमुख टेक्नोलोजी अफिसरमा नियुक्त गर्ने निर्णय गरेको हो। 

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी अनुभव सम्हालिसकेका थापा नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा कार्यरत हुनुहुन्थ्यो ।  

यस्तै उहाँको राष्ट्रिय भुक्तानी स्वीच परियोजनाको कार्यान्वयनमा प्रमुख भूमिका रहेको थियो। उहाँ इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेसनको कार्यान्वयनमा थापा सक्रिय रहेको कम्पनीले जनाएको छ । 

थापाले कम्प्युटर एप्लिकेसनमा मास्टर्स गर्नुभएको हो । उहाँले क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गर्नुभएको छ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । फोन पेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन् ।