८ मंसिर, २०८१ शनिबार

01:33:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ९ विकास बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?

१७ जेठ, २०७९

नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ९ विकास बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ९ विकास बैंकहरुको बोनस सेयर सूचीकृत भएको छ । यी बैंकहरुले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको बोनस सेयर घोषणा गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ९ विकास बैंकको ३ करोड ६५ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

१.ज्योति विकास बैंक लिमिटेड

नेप्सेमा ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस सेयर बापतको ४२ लाख २९ हजार ३०५.०६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।

२. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस सेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर रकर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. महालक्ष्मी विकास बैंक लिमिटेड

नेप्सेमा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर बापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।

४. मुक्तिनाथ विकास बैंक लिमिटेड

मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस सेयर बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट १७.५७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.५० प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर बापतको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. लुम्बिनी विकास बैंक लिमिटेड

नेप्सेमा लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयर बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको हो ।

७. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयभनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड

नेप्सेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर वापतको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश सेयधनीहरुलाई वितरण गरेको थियो ।

९. कामना सेवा विकास बैंक लिमिटेड

नेप्सेमा कामना सेवा विकास बैंक लिमिटेडको १८.५ प्रतिशत बोनस सेयर बापतको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कूल १९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।