८ मंसिर, २०८१ शनिबार

01:34:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ्ग क्षेत्रको आवश्यक्ता र महत्व, किन ?

Nepal Business

१७ जेठ, २०७९

आर्थिक कारोबारमा सहजीकरण, वित्तीय पहुँच, व्यापार प्रवद्र्धन, विश्वसनीयता, उद्योमशीलता अभिवृद्धिका लागि बैंक महत्वपूर्ण प्रेरक बन्दै गएको छ ।

 बैंकिङ्ग क्षेत्रको आवश्यक्ता र महत्व,  किन ?

काठमाण्डौं । आजभोली आर्थिक कारोबार र बैंकिङ्ग क्षेत्रबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको छ । मानिस, आर्थिक कृयाकलाप र बैंक आज एक अर्काका परिपूरक बनिरहेका छन् । समाजका आजभोली यि निकायहरुको उपस्थिति अनिवार्य बन्दै गएको छ । 

 आर्थिक कारोबारमा सहजीकरण, वित्तीय पहुँच, व्यापार प्रवद्र्धन, विश्वसनीयता, उद्योमशीलता अभिवृद्धिका लागि बैंक महत्वपूर्ण प्रेरक बन्दै गएको छ । बैंकिङ्ग क्षेत्रको यही प्रेरक कृयाकालापको कारण वर्तमानमा यसको आवश्यक्ता र महत्व बढ्दै गएको हो । 

वित्तीय साक्षरताः बैंक तथा वित्तीय संस्थाहरूले शाखा विस्तारसँगै वित्तीय साक्षरता प्रवर्द्धन गर्छन्, वित्तीय कारोवारबारे मानिसहरू सचेत भइरहेका छन्, उनीहरूले निक्षेपको महत्त्व बुझेका छन्, बैंकिङ सुविधाबारे जानकार छन् र वित्तीय योजनाहरू बनाउन थालेका छन्।

वित्तीय पहुँचः विभिन्न बैंकिङ सुविधाहरू जस्तै मोबाइल बैंकिङ, एटीएम, इन्टरनेट बैंकिङ, निक्षेप स्वीकार र अग्रिम ऋण बाहेक रेमिट्यान्स सेवाहरू सहित स्थानीय तहको अधिकांश भागमा पुगेको देखिन्छ।

अर्थतन्त्रको प्रवर्द्धनः उत्पादनशील क्षेत्रमा कर्जा दिएर विभिन्न उद्योग, व्यापार घर र अर्थतन्त्रका विभिन्न क्षेत्रहरूलाई सहजीकरण गर्दछ्न्।

 वित्तीय पारदर्शिताः  विश्वभर विश्वसनीयता प्रमाणित गर्न गैर मुद्रा नियन्त्रण गर्ने निकायसँग सहकार्य गरिएका छन्।

 उद्यमशीलतालाई सहज बनाउनः हाइपोथेकेशनमा ऋण उपलब्ध गराएर ब्यापार र उद्यमशीलतालाई ठूलो मात्रामा प्रवर्द्धन गर्ने। 

 सरकारी लेनदेनको सुविधा दिनः निवृत्तिभरण योजना, राजस्व सङ्कलन, कर भुक्तानी र अन्यलाई समर्थन गर्ने सरकारी कारोबारको मध्यस्थकर्ता।

 विश्वव्यापी प्रवृत्तिको सामना गर्नः नगदरहित अर्थतन्त्रको विश्वव्यापी आन्दोलनलाई समर्थन गर्न।