१० मंसिर, २०८१ सोमबार

08:02:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साल्ट ट्रेडिङ्गको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१७ जेठ, २०७९

साल्ट ट्रेडिङ्गको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको २०७८ चैत्र ३० गते सम्पन्न भएको ५५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर नेप्से र क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको जनाएको छ ।

साथै २०७८ चैत्र १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका बैंकका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफनो बोनस सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

२०७८ चैत्र १४ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई सेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई तथा सो मिति पश्चात् रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफू कहाँ ती सेयरधनीहरुको सेयर रोक्कामा रहे नरहेको यकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस सेयर समेत रोक्कामा राख्ने तर्फ आवश्यक पहलकदमी गर्न समेत बैंकले सूचना मार्फत अनुरोध गरेको छ ।