८ मंसिर, २०८१ शनिबार
01:19:14 PM
१७ जेठ, २०७९
गुड ब्रिक्स सिस्टम इन्नोसियसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर ईंटा उत्पादन प्रविधि
काठमाण्डौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंकबीच नेपालमा गुड ब्रिक्स सिस्टम (जबीएस)लाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ सम्झौता भएको छ ।
गुड ब्रिक्स सिस्टम इन्नोसियसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर ईंटा उत्पादन प्रविधि हो।
सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत जेश घिमिरे र इन्नोसियसआरकातर्फबाट प्रमुख कार्यकारी अधिकृत साम युनसुकलीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ ।
बैंकले इँटा भट्ठा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोगहरु पनि उपलब्ध गराउनेछ ।
बैंकले वातावरण प्रति थप जिम्मेवार बन्दै दीगो बैंकिङ्ग अभियानको एक पाइला स्वरुप – इन्नोसियसआरसँग साझेदारी गरेको छ ।
इन्नोसियसआर द्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्टबीच बाइन्डिङ गर्न सक्षम बनाउँछ ।
गुड ब्रिक्स सिस्टमले (न्द्यक्), सोइल स्टेबिलाइजर प्रयोग गरी ईंटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ । जसले वर्ष भरि कोइला प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ साथै यसमा १÷१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ।
बैंक मूल्यमा आधारित दृष्टिकोण, बैंकिङ आविष्कार, प्रगतिशील व्यापार मोडुल र सामाजिक दायित्वहरूद्वारा संचालित नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा उभिएको छ ।
साथै दिगो आर्थिक, सामाजिक र वातावरणीय विकास प्रदान गर्न वित्तको उपयोग गर्ने लक्ष्य राखेको छ ।
एनएमबि बैंकको हाल नेपालभर २०१ शाखाहरू छन् र नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनीसँग साझेदारी पनि रहेको छ।
इन्नोसियसआरका प्रमुख कार्यकारी अधिकृतसाम युनसुकलीका अनुसार गुड ब्रिक्स सिस्टम नेपालमा दिगो र नाफामुखी बन्नका लागि इँटा भट्ठा मालिकहरूका लागि एकमात्र समाधान बनिरहेको छ ।
पछिल्लो समय, कोइला र श्रमिकको मूल्यवृद्धि र मौसममा आएको परिवर्तनले इँटा उत्पादकहरू निकै दबाबमा परेको देखिन्छ ।
तसर्थ, गुड ब्रिक्स सिस्टमले इँटा उद्योगका कठिनाइहरूलाई सम्बोधन नगरी अरु विभिन्न फाइदाहरु पनि ल्याइ रहेको छ । यसले उत्पादकहरुलाइ थप राजस्व, गुणस्तरीय र वातावरणमैत्री ईटा प्रदान गर्ने जनाएको छ ।