८ मंसिर, २०८१ शनिबार

01:19:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोस्रो दिन पनि इन्भेष्टमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट, दुई दिनमै २० प्रतिशतले घट्यो

१७ जेठ, २०७९

सोमबार प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार खुलेको इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य घटेर ३६७.७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

दोस्रो दिन पनि इन्भेष्टमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट, दुई दिनमै २० प्रतिशतले घट्यो

काठमाडौं । १ बर्ष बढीमा कारोबार खुलेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य निरन्तर २ दिनदेखि घटिरहेको छ ।  सोमबार ९.९९ प्रतिशतले घटेको बैंकको सेयर मंगलबार पनि ९.९८ प्रतिशतले घटेको छ । मंगलबार सेयरमूल्य प्रतिकित्ता ३६ रुपैयाँ ७० पैसाले घटेर ३३१ रुपैयाँमा पुगेको छ ।

सोमबार प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार खुलेको इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य घटेर ३६७.७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। दुई दिनमानै बैंकको सेयरमूल्य करिब २० प्रतिशतले घटेको छ।