१० मंसिर, २०८१ सोमबार
01:18:40 AM
१७ जेठ, २०७९
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको
काठमाण्डौं । नेपालको पाइप तथा फिटिङ्स उत्पादक मंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६ प्रतिशतले बढेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा एक अर्ब ५० लाख रुपैयाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गरेको छ ।
कम्पनीले २०१८ मा ३७ करोड रुपैयाँ र २०१९ मा ५१ करोड रुपैयाँकोे व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार ३६ प्रतिशतले घटेको थियो ।
कम्पनिको प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयो, ‘लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनः गतिलिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्री पनि २०६ ले वृद्धि भएको छ । निर्माण व्यवसाय सम्बन्धि गतिविधीहरु पुरानै लयमाप mर्किन थालेपछि हाम्रो बिक्री पनि बढेको हो । हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरु प्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनी प्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफल भएको हो ।’
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपाल मै उत्पादन गरिने उहाँले बताउनुभयो ।
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । सबै उत्पादनहरू आइइसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको सीपीभीसी, पीभीसी र एचडीयपी पाइप आइएओ साथै नेपाल गुणस्तर पनि प्रमाणित छन्।