६ जेठ, २०८१ आइतबार

08:19:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जो नेपाली नोटका डिजाइनर हुन् ....

१८ पुस, २०७८

आज दुवाडीकै जीवनीमा आधारित पुस्तक 'कलाशिरोमणि: केशव दुवाडी' पुस्तक लोकार्पित गरिएको छ ।

जो नेपाली नोटका डिजाइनर हुन् ....

नेपाल विजनेश संवाददाता,

काठमाडौँ, १८ पुस । अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट कसले बनाएको होला ? यसको डिजाइनर को होला ? अनुमान लगाउनसक्नुहुन्छ ? को होला भनेर हामीलाई कौतुहल हुनु स्वभाविकै हो ।

त्यती सुन्दर आकर्षक र मुलुक कै प्रतिनिधित्व गर्ने नोट भित्रका चित्रहरु आफैँ विचित्रका छन् । हो त्यही विशिष्ट पहिचान बोकेको नेपाली नोटको डिजाइनर उनै नेपाली कला क्षेत्रका मूर्धन्य व्यक्ति केशव दुवाडी हुनुहुन्छ ।  उहाँले रु एक, पाँच, १०, २०, ५०, १००, ५०० र एक हजारको नोट डिजाइन गरी चित्र कोर्नुभएको थियो ।

त्यो बेला राष्ट्र बैंँकले नोटको डिजाइन गर्न तीन व्यक्तिलाई जिम्मा दिएका थिए । एक दुवाडी, अर्काे संस्कृतिविद् सत्यमोहन जोशी र अर्का लैनसिंह वांदेल । त्यसमध्ये कला पारखी दुवाडीले कुचि चलाएर नोटको चित्र कोरेका थिए । 'मुलुक गणतन्त्र भएपछि नोटमा राजाको तस्वीर हटाइएको छ, तर अरु सबै उहाँकै डिजाइनको हो, उहाँले चलाएको कुची र रंगले भरिएका्  डिजाइन अहिले हामीले बोक्ने नोट हो

त्यो बेला राष्ट्र बैंँकले नोटको डिजाइन गर्न तीन व्यक्तिलाई जिम्मा दिएका थियो । एक दुवाडी, अर्काे संस्कृतिविद् सत्यमोहन जोशी र अर्का लैनसिंह वांदेल । त्यसमध्ये कला पारखी दुवाडीले कुचि चलाएर नोटको चित्र बनाउनुभएको हो । 'मुलुक गणतन्त्र भएपछि नोटमा राजाको तस्वीर हटाइएको छ, तर अरु सबै उहाँकै डिजाइनको हो, उहाँले चलाएको कुची र रंगले भरिएका्  डिजाइन अहिले हामीले बोक्ने नोट हो', प्राध्यापक कृष्णप्रसाद दाहालले भन्नुभयो । 


नोट बनाएर मात्रै होइन उहाँले कला क्षेत्रबाट राष्ट्रका लागि अतुलनीय योगदान दिनुभएको छ । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मनासा, वाग्मती, विष्णुमती नदी, फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउने चित्र उनै दुवाडीले बनाउनुभएको हो । स्वस्थानी ब्रतकथाको पुस्तकमा रहेका चित्रहरु समेत उहाँले नै बनाउनुभएको हो । 

नेपाली ललितकलाका पहिलो स्नातकोत्तर गर्ने गम्भीर कथालाई सहजरुपमा चित्रमा उतार्न सफल नेपाली चित्रकला जगत्का ख्यातिप्राप्त कलाकार  दुवाडी जुद्धकला पाठशालाका पहिलो हेडमास्टर हुनुभयो । विसं २०२४ ताक ललितकला महाविद्यालयका प्रमुख पनि उहाँ नै हुनुभयो । उहाँको बाह्रखरी वर्णमाला, दृष्टान्त चित्र, मुहारचित्रमा ठूलो योगदान छ । 


विराटनगरमा १९७८ मङ्सिरमा जन्मिइ २०५३ साल पुस १८ गते निधन हुनुभएका दुवाडीको जीवनकाल नै कला साधनामा बित्यो  ।  नेपाली ललितकलाका पहिलो स्नातकोत्तर गर्ने गम्भीर कथालाई सहजरुपमा चित्रमा उतार्न सफल नेपाली चित्रकला जगत्का ख्यातिप्राप्त कलाकार  दुवाडी जुद्धकला पाठशालाका पहिलो हेडमास्टर हुनुभयो । विसं २०२४ ताक ललितकला महाविद्यालयका प्रमुख पनि उहाँ नै हुनुभयो । उहाँको बाह्रखरी वर्णमाला, दृष्टान्त चित्र, मुहारचित्रमा ठूलो योगदान छ । 

छोरा प्रदीपकुमार बुबा भएर होइन की एउटा राष्ट्रको कलाकार भएर सोच्दा साँच्चै नै राज्यले सम्झन नसकेको महसुस भएको दुखेसो गर्नुहुन्छ । उहाँले भन्नुभयो , 'राज्यले उहाँको नाममा एउटा हुलाक टिकट पनि निकाल्न नसक्नु दुखद हो ।' सम्झना बाँचिरहोस् भनेर चार वर्षअघि परिवारले ‘केशव दुवाडी स्मृति प्रतिष्ठान’ स्थापना गरी प्रदीपले नेतृत्व गरिरहनु भएको छ । प्रतिष्ठानको कोषमा केही रकम थपिदिए पनि सरकारले योगदान गरेको छ भन्न पाइने उहाँ सुनाउनुहुन्छ । 

प्रतिष्ठानले दृश्य चित्र, व्यक्ति (मुहार) चित्र, दृष्टान्तचित्र, स्वस्थानी कथामा आधारित धार्मिक चित्रसहित उहाँका योगदान र जीवनी बुझाउने उद्देश्यले वृत्रचित्र नै तयार पारिएको छ । आज मात्रै उहाँको योगदानमा आधारित कलाशिरोमणिः केशव दुवाडी भनेर एउटा पुस्तक लोकार्पण समेत गरिएको छ । 

उहाँले तत्कालीन अवस्थामा श्री ५ वीरेन्द्र अध्यक्ष हुँदा तत्कालीन ललितकला संस्था (हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)मा आठ वर्ष उपाध्यक्ष र दुई वर्ष सल्लाहकार भएर काम गर्नु भएको थियो । ग्राफिक्समा दख्खल भएका, धार्मिक सोचका र विचारले प्रष्ट दुवाडीका चित्रहरु ठूलो वर्णमाला, पाठ्यपुस्तकमा धेरै समावेश भएका छन् । 
 
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँले बनाएको मुहारचित्र सजीव र सुन्दर तथा जीवन्त रहेको स्मरण गर्नुभयो । उहाँका कलामा भारतीय प्रभाव थियो । उहाँसँगै काम गर्नुभएका संस्कृतिविद् सत्यमोहन जोशी नोटको डिजाइनका बेला सँगसँगै काम गरेको सुनाउनुहुन्छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उहाँको योगदानलाई राज्यले सम्मान गर्ने बताउनुभएको छ ।