१० मंसिर, २०८१ सोमबार

01:52:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनवाईईएफ काठमाण्डौं च्याप्टरको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चिराग गोयल

Nepal Business

१५ जेठ, २०७९

एनवाईईएफ काठमाण्डौं च्याप्टरको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चिराग गोयल

काठमाण्डौं । नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाण्डौं च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । काठमाण्डौं च्याप्टरको चौथो वार्षिक साधारणसभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको हो । 

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साखा र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन हुनुभएको छ । नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष चिराग गोयलले बताउनुभयो । 

यस्तै उहाँले युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

यस्तै आप्पा शेर्पा, क्षितिज तामाङ, ईच्छा मल्ल, रसना श्रेष्ठ, निर्देश द्वा, निषित मित्तल र अनुभव श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।