८ मंसिर, २०८१ शनिबार

01:22:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१५ जेठ, २०७९

राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने २३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

२३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने २३ अर्ब १३ करोड रूपैयाँ बराबरको  ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।  बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असार १४ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ १४ गते परिपक्क हुनेछ ।

यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १३ गते परिपक्क हुनेछ ।  त्यस्तैगरी, बैंकले ३६४ दिनको अवधिको लागि १२ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ १६ गते परिपक्क हुनेछ ।

यी ट्रेजरी बिलको जेठ १६ गते सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।