६ जेठ, २०८१ आइतबार

06:38:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकको पुँजी तत्काल नबढाउन नेपाल राष्ट्र बैंक समक्ष सिबिफिनको माग

१८ पुस, २०७८

बैंकको प्रतिफल घटेको चिन्ता

 बैंकको पुँजी तत्काल नबढाउन नेपाल राष्ट्र  बैंक समक्ष सिबिफिनको माग

काठमाण्डौं, पुस १८
बैंकका सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न माग गरेका छन । नेपाल राष्ट्र ब्रैक समक्ष बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी  प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन माग गरेको हो ।


राष्ट्र बैंकले  मौद्रिक नीतिमार्फ  दुई वर्षभित्रमा चुक्ता पुँजी चार गुणाले बढाउने नीति ल्याएको थियो। तर बैंक तथा वित्तीय संस्थाको संख्या घटेन । हकप्रद सेयरको माध्यमबाट पनि पुँजी बढाउन दिँदा मर्जरमा जानुको सट्टा बैंक तथा वित्तीय संस्थाले छोटो समयमा हकप्रद सेयर जारी गरेरसमेत चार गुणाले पुँजी बढाए । जसकारण उपलब्ध कोषलाई उपयोग गर्न आक्रामक कर्जा विस्तार गर्दा तरलता अभावजस्ता समस्या देखिएको सो अध्ययनमा उल्लेख छ । बैंकहरुलाई बैंकको प्रतिफल  घटेको चिन्ता छ। 


सो प्रतिवेदन अनुसार २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी र प्रतिफल दर निरन्तर रूपमा घटिरहेको  छ।  जसकारण बैंकका लगानीकर्ता निरुत्साहित भएको भन्दै उक्त चुनौती व्यवस्थापनका लागि खुल्ला बजारको अवधारणाअनुसार नै व्याजदर निर्धारण हुने व्यवस्था मिलाउनसमेत आग्रह ग गरेको प्रतिवेदनमा उल्लेख छ। 


परिसंघले उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । गठन भएको करिब नौ महिना लगाएर तयार पारेको प्रविवेदन गत मंगलबार गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइएको  थियो ।