८ मंसिर, २०८१ शनिबार
01:30:24 PM
१४ जेठ, २०७९
नबिलले स्वाप अनुपात ५० प्रस्ताव दिनेगरी प्रस्ताव गरेको छ, भने मेगाले ६५ मागेको स्रोतको भनाइ छ।
काठमाण्डौं । मेगा बैंकलाई मर्जर वा प्राप्तिको लागि तीन बैंकले प्रस्ताव गरेका छन्। इन्भेष्टमेन्ट बैंकसँग मर्जको चर्चा चलिरहेका बेला नबिल र हिमालयन बैंकले समेत अनौपचारिक प्रस्ताव गरेका छन्।
यसअघि मेगा बैंकको बैंक अफ काठमाडौंसँग मर्जको छलफल गरेपनि अगाडि बढेको थिएन। इन्भेष्टमेन्ट बैंकसँग मर्जको छलफल चलिरहेका बेला नबिलको प्रस्ताव आएपछि मर्जरले उचाई लिएको हो ।
नबिलले स्वाप अनुपात ५० प्रस्ताव दिनेगरी प्रस्ताव गरेको छ, भने मेगाले ६५ मागेको स्रोतको भनाइ छ। नबिलले बंगलादेश बैंक प्राप्ति गरेर संयुक्त कारोबारको तयारी गरिरहेको छ। हाल ज्ञानेन्द्र ढुंगानलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिसकेको छ। इन्भेष्ट बैंक र हिमालयनसँग भने मेगाले स्वाप रेसियो ९० मागेको छ।
मेगा बैंक मर्जर तथा प्राप्तिमा जाने चर्चाले बिहीबार र शुक्रबार सेयर मूल्य बढेको थियो। सेयर कारोबारमा मेगा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको थियो।
खर्च थेग्न गाह्रो भएपछि मेगा बैंकले मर्जमा जानका लागि छलफल तीब्र पारेको हो।