१७ बैशाख, २०८१ सोमबार

10:07:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय नक्कली नोट छ्यापछ्याप्ती, भारतीय सरकार छानविनमा

Nepal Business

१४ जेठ, २०७९

गत वर्षको तुलनामा राष्ट्र बैंकले ५ सय दरका १०१.९ प्रतिशत र २ हजार दरका ५४.१६ प्रतिशत बढी नोट फेला पारेको छ ।

भारतीय नक्कली नोट छ्यापछ्याप्ती, भारतीय सरकार छानविनमा
काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई) का अनुसार आर्थिक वर्ष २०२१/२२ मा नक्कली नोटको संख्यामा उल्लेख्य वृद्धि भएको छ। आरबीआईका अनुसार एक वर्षमा ५०० रुपैयाँको नक्कली नोट दोब्बर भएको छ । गत वर्षको तुलनामा राष्ट्र बैंकले ५ सय दरका १०१.९ प्रतिशत र २ हजार दरका ५४.१६ प्रतिशत बढी नोट फेला पारेको छ । 
 
प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६ मा साँझ ८ बजे टिभीमा ५०० र १ हजारका नोटहरू बन्द गर्ने घोषणा गर्नु भएको थियो ।
 
आरबीआईले ३१ मार्च २०२२ सम्म बैंकमा जम्मा भएका ५०० र २ हजार रुपैयाँका नोटमध्ये ८७.१ प्रतिशत नक्कली नोट भएको बताएको छ । यो संख्या ३१ मार्च २०२१ सम्म ८५.७ प्रतिशत थियो। यो मार्च ३१, २०२२ सम्म चलनमा रहेका कुल नोटको २१.३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
 
अन्य नोटको कुरा गर्ने हो भने अघिल्लो वर्षको तुलनामा १० रुपैयाँका नक्कली नोट १६.४ प्रतिशत र २० रुपैयाँका नोट १६.५ प्रतिशतले बढेको छ । यसबाहेक २ सय रुपैयाँको नक्कली नोटमा ११.७ प्रतिशतले वृद्धि भएको छ । राम्रो कुरा के हो भने गत वर्षको तथ्यांक हेर्दा यो आर्थिक वर्षमा ५० रुपैयाँको नक्कली नोट २८.७ प्रतिशतले घटेको छ भने १०० रुपैयाँको नक्कली नोट १६.७ प्रतिशतले घटेको छ ।
 
प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६ मा साँझ ८ बजे टिभीमा ५०० र १ हजारका नोटहरू बन्द गर्ने घोषणा गर्नु भएको थियो । यसपछि ५ सयको नोट नयाँ ढाँचामा आयो । २ हजारको नोट नोटबंदी पछि मात्र अस्तित्वमा आयो।
 
सरकारले नक्कली नोटमाथि कारबाही गर्नु नै नोटबन्दीको कारण बतायो । यस्तो अवस्थामा फेरि एकपटक नयाँ नोटको नक्कली नोट आउनु पनि सरकारका लागि चिन्ताको विषय बनेको छ ।