२३ बैशाख, २०८१ आइतबार

05:35:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं विश्वविद्यालयबाट १ हजार ७१२ जना दीक्षित हुँदै, कुन संकायमा कति ?

Nepal Business

१४ जेठ, २०७९

दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन्।

काठमाण्डौं विश्वविद्यालयबाट १ हजार ७१२ जना दीक्षित हुँदै, कुन संकायमा कति ?

काठमाण्डौं । काठमाण्डौं विश्वविद्यालयका एक हजार ७१२ जना दीक्षित हुने भएका छन्। विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी १ हजार ७१२ जना दीक्षित हुँदैछन्।

आउने जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन्। कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन्।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन्।

कार्यक्रममा पाँच जनालाई काठमाण्डौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।