ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।
काठमाण्डौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नक्साल काठमाडौँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गर्नु भयो । सो कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उद्घाटनका अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भन्नुभयो, हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं।
नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ ।
ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।
बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।