८ मंसिर, २०८१ शनिबार

01:23:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ विकास बैंक र मेराकीहोलिस्टीक वेलनेस रिट्रिटबीच छुट सम्बन्धी समझौता

Nepal Business

१३ जेठ, २०७९

बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिनबूढानीलकण्ठ स्थित मेराकीहोलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने

मुक्तिनाथ विकास बैंक र मेराकीहोलिस्टीक वेलनेस रिट्रिटबीच छुट सम्बन्धी समझौता

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक र मेराकीहोलिस्टीक वेलनेस रिट्रिटबीच छुट सम्बन्धी समझौता भएको छ ।

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठस्थित मेराकीहोलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यकोबीचमा रहेको मेराकीहोलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ।

उक्त कार्यक्रममा बैंककातर्फबाट संस्थागत मामिला विभाग बसन्त बक्शीर अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकीहोलिस्टीक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरुणकुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकीहोलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।