८ मंसिर, २०८१ शनिबार

01:14:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुको बैशाखसम्मको खराब कर्जा ५४ अर्ब ५७ करोड, कुनको कति ?

Nepal Business

१३ जेठ, २०७९

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरिन्छ ।

वाणिज्य बैंकहरुको बैशाखसम्मको खराब कर्जा ५४ अर्ब ५७ करोड,   कुनको कति ?

काठमाण्डौं । वाणिज्य बैंकहरूको खराब कर्जा सवा १४ खर्ब रूपैयाँ देखिएको छ । अहिले वाणिज्य बैंकहरूको कुल ४१ खर्ब ९१ अर्ब ४२ करोड रूपैयाँ कुल कर्जा लगानी छ । कूल कर्जा लगानीको ३४ प्रतिशत खराब कर्जा देखिएको हो । 

बैशाखसम्मको तथ्यांकलाई हेर्दा २७ वाणिज्य बैंकहरूको कुल ५४ अर्ब ५७ करोड रूपैयाँ कर्जा खराब देखिएको हो ।  ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्ने गरेका छन् ।

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् ।

बैशाखसम्मको तथ्यांक अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सबैभन्दा धेरै र नेपाल एसबिआई बैंकको सबैभन्दा कम देखिएको छ । 

कुन बैंकको कति खराब कर्जा ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

बैंकहरूको तेस्रो त्रैमास अनुसार सबैभन्दा बढी खराबकर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकको कुल खराब कर्जा ६ अर्ब ८७ करोड रूपैयाँ छ ।

कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंकको ४ अर्ब १२ करोड रहेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंकको ३ अर्ब ९५ करोड रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ८७ करोड रहेको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंकको ३ अर्ब ६४ करोड रूपैयाँ रहेको छ ।

नबिल बैंक लिमिटेड

नबिल बैंकको खराब कर्जा ३ अर्ब २२ करोड रहेको छ ।

एनएमबि बैंक लिमिटेड

एनएमबि बैंकको २ अर्ब ७ करोड रूपैयाँ खराब कर्जा छ ।

 सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेड बैंकको खराब कर्जा १.१२ प्रतिशत वा २ अर्ब ०८ करोड रूपैयाँ छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको खराब कर्जा १.५२ प्रतिशत वा १ अर्ब ८८ करोड रूपैयाँ छ ।

 नेपाल बङ्गलादेश बैंक लिमिटेड

नेपाल बंगलादेश बैंकको खराब कर्जा २.३० प्रतिशत वा १ अर्ब ८३ करोड रूपैयाँ छ ।

 प्रभु बैंक लिमिटेड

प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशत वा १ अर्ब ८२ करोड रूपैयाँ छ ।

सनराइज बैंक लिमिटेड

सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशत वा १ अर्ब ६९ करोड रूपैयाँ छ ।

बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डूको खराब कर्जा १.४५ प्रतिशत वा १ अर्ब ५९ करोड रूपैयाँ छ ।

 हिमालयन बैंक लिमिटेड

हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशत वा १ अर्ब ५६ करोड रूपैयाँ छ ।

कुमारी बैंक लिमिटेड

कुमारी बैंकको खराब कर्जा ०.९६ प्रतिशत वा १ अर्ब ५५ करोड रूपैयाँ छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

सिटिजन्स बैंकको खराब कर्जा १.७२ प्रतिशत वा १ अर्ब ५ करोड रूपैयाँ छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंकको खराब कर्जा ०.९४ प्रतिशत वा १ अर्ब ४८ करोड रूपैयाँ छ ।

 सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

सेञ्चुरी कमर्सियल खराब कर्जा १.६० प्रतिशत वा १ अर्ब ४४ करोड रूपैयाँ छ ।

लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंकको खराब कर्जा १.८ प्रतिशत वा १ अर्ब ४२ करोड रूपैयाँ छ ।

एनआईसी एशिया बैंक लिमिटेड

एनआइसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशत वा १ अर्ब ३९ करोड रूपैयाँ छ ।

सिभिल बैंक लिमिटेड

सिभिल बैंकको खराब कर्जा ०.९९ प्रतिशत वा १ अर्ब ३५ करोड रूपैयाँ छ ।

माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशत वा १ अर्ब १६ करोड रूपैयाँ छ ।

मेगा बैंक लिमिटेड

मेघा बैंकको खराब कर्जा ०.७२ प्रतिशत वा १ अर्ब०७ करोड रूपैयाँ छ ।

सानिमा बैंक लिमिटेड

सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत वा ५३ करोड रूपैयाँ छ ।

एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशत वा३९ करोड रूपैयाँ छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.३६ प्रतिशत वा ३२ करोड रूपैयाँ छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशत वा १५ करोड रूपैयाँ छ ।