८ मंसिर, २०८१ शनिबार
01:22:36 PM
१३ जेठ, २०७९
नेप्सेमा ३ वटा वाणिज्य बैंकको भने बोनस सेयर सूचीकृत भएको छैन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २४ वटा वाणिज्य बैंकहरुको बोनस सेयर सूचीकृत भएको छ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । तर नेप्सेमा ३ वटा वाणिज्य बैंकको भने बोनस सेयर सूचीकृत भएको छैन् । नेप्सेमा एनआईसी एशिया बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छैन् ।
गत आर्थिक बर्षको नाफाबाट वाणिज्य बैंकहरुले बोनस सेयर वितरण गर्दा २४ वटा वाणिज्य बैंकहरुले ३४ करोड १७ लाख ९२ हजार ५५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा ३ वटा वाणिज्य बैंकहरुको बोनस सेयर जोडिएको छैन् ।
१. नबिल बैंक लिमिटेड
नेप्सेमा नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस सेयर बापतको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. एनएमबि बैंक लिमिटेड
नेप्सेमा एनएमबि बैंक लिमिटेडको १२.५० प्रतिशत बोनस सेयर बापतको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडको ३.५० प्रतिशत बोनस सेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
नेप्सेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस सेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
५. एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
६. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
७. कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।
८. प्राइम कमर्सियल बैंक लिमिटेड
नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।
९.ग्लोबल आइएमई बैंक लिमिटेड
.ग्लोबल आइएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१०. प्रभु बैंक लिमिटेड
नेप्सेमा प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर वापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
११. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश सेयरधनीहरूलाई वितरण गरेको थियो ।
१२. लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।
१३. नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेप्सेमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१४. सिभिल बैंक लिमिटेड
नेप्सेमा सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत सेयधनीहरुलाई लाभांश वितरण गरेको थियो ।
१५. सनराइज बैंक लिमिटेड
नेप्सेमा सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस सेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो ।
१६. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१७. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता सेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१८. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस सेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१९. माछापुच्छ्रे बैंक लिमिटेड
नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस सेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२०. बैंक अफ काठमाण्डू लिमिटेड
नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२१. कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२२. मेगा बैंक लिमिटेड
मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गरेको थियो ।
२३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १२.९१३ प्रतिशत बोनस सेयर बापतको १ करोड ६२ लाख ५०८.९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२४. सानिमा बैंक लिमिटेड
नेप्सेमा सानिमा बैंक लिमिटेडको १७ प्रतिशत बोनस सेयर बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२५.एनआईसी एशिया बैंक लिमिटेड
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडको लाभांश रद्द गरेका कारण यसपटक सेयरधनीहरुले लाभांश पाएका थिएनन् । राष्ट्र बैंकले एनआईसी बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै लाभांश रद्द गरेको थियो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद गरी कूल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
२६. हिमालयन बैंक लिमिटेड
नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडको लाभांश राकेका कारण यसपटक सेयरधनीहरुले लाभांश प्राप्त गर्न सकेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग डिमर्जर गरेका कारण लाभांश वितरणमा रोक लगाएको थियो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६२ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२७. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
नेप्सेमा सूचीकृत नभएकाले बैंकको बोनस सूचीकृत नभएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ नाफाबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कूल ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।