१० मंसिर, २०८१ सोमबार
01:33:04 AM
१३ जेठ, २०७९
रेडमी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयनग्रीनमा उपलब्ध छ । नेपालमा रेडमी १० ४÷६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ छ । हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ ह्जार ९ सय ९९ रुपैयाँ
काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।
लन्चको बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भन्नुभयो, ‘हाम्रो लागिउपभोक्ता नै हाम्रो केन्द्र बिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ । कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादनहो । रेडमीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६एनएम प्रोसेसरहरु रहेको छ । अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएएचको ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७.०४ सीएम (९६.७१) डिस्प्ले र ५० एमपी डुअल क्यामेरा भएको यो रेडमी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ ।’
रेडमी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयनग्रीनमा उपलब्ध छ । नेपालमा रेडमी १० ४÷६४ जीबी संस्करणको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ छ । हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ ह्जार ९ सय ९९ रुपैयाँ रहेको छ
ब्लकबस्टर डिस्प्ले
नयाँ रेडमी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमाफिंगरप्रिन्ट स्क्यानगर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्रामवज नभएको यो फोन १७.०४ सीएम (६.७१) डिस्प्लेको लागि उत्तम उत्पादन हुन सक्छ ।
डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र३.५ एमएम हेडफोन ज्याकको साथ यस रेडमी१० मा प्रयोगकर्ताहरूले ५१२ जीबीसम्मको माइक्रोएसडी कार्ड विस्तार गर्न सक्छन्।