८ मंसिर, २०८१ शनिबार
05:40:49 AM
१२ जेठ, २०७९
देखीस काँग्रेस एमाले, जनताले भोट काँ हाले ? भन्ने नारा घन्किन थाल्यो । विचविचमा बालेन दाई हाई–हाई, बालेन दाई जिन्दावाद लगाएतका नारा पनि सुनिएको थियो ।
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह) को जित सुनिश्चत भईसकेको छ ।
यसै समयमा वडा नं. १४ को मत गणना भईरहेको समयमा सभागृह बाहिर ठूलो संख्यामा मेयरका प्रत्यासी बालेनका समर्थकहरुले जित नजिकको उत्सव मनाईरहेका थिए ।
यसैबीचमा सुरु भयो देखीस काँग्रेस एमाले, जनताले भोट काँ हाले ? भन्ने नारा घन्किन थाल्यो । विचविचमा बालेन दाई हाई–हाई, बालेन दाई जिन्दावाद लगाएतका नारा पनि सुनिएको थियो ।
यस अघिनै बालेन साहाले कसैको विरुद्ध आफ्नो उम्मेदवारी र प्रतिष्प्रर्धा नरहेको बताईसक्नुभएको छ । उहाँले विजयी उत्सवलाई सत्भाव ¥यालीका रुपमा अगाडि बढाउने भन्ने घोषणा पनि गरिसक्नुभएको छ ।
तर समर्थकहरु सायद बढि उत्साहित भएर हुनसक्छ कुनै अमुख पार्टीलाई चुनौती दिएको नारा लगाईरहेका थिए । नारा र नाचगान चलिरहेको थियो तर यसैबीचमा पानी परेका कारण समर्थकहरु तितरवितर भएका छन् ।
अबको केही घण्टामा काठमाण्डौको मत गणना सकिने र अन्तिम परिणाम सार्वजनिक हुने जनाइएको छ ।