८ मंसिर, २०८१ शनिबार
10:58:17 AM
१२ जेठ, २०७९
उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६० लाख रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ नामक बचतपत्र बिक्रीमा ल्याएको हो ।
उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुनेछ । बचतपत्रको निष्कासन आउँदो असार ८ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ। यो बचतपत्रमा यही जेठ ३१ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् । उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्।
भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।