१६ कार्तिक, २०८१ शुक्रबार

05:07:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारः मन्त्री कार्की

Nepal Business

१२ जेठ, २०७९

पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारः मन्त्री कार्की

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताउनु भएको छ ।

बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको बताउनु भयो ।

उहाँले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताउनु भयो । 

मन्त्री कार्कीले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो ।