८ मंसिर, २०८१ शनिबार

11:08:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले २२ करोड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै

१२ जेठ, २०७९

बैंक तथा वित्तीय संस्थाले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकले २२ करोड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड ३२ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’ वाणिज्य बैंकमा १७ करोड ८७ लाख, ‘ख’ राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३४ लाख र राष्ट्रिय स्तरका  ‘ग’ वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ गरी कूल २२ करोड ३२ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

असार १ देखि २०८० जेठ ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको  राष्ट्र बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।