८ मंसिर, २०८१ शनिबार

11:10:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली डेभलपमेण्ट बैंकलाई १ करोडभन्दा बढिको खुद नोक्सानी

Nepal Business

१२ जेठ, २०७९

गत वर्ष ११ करोड ८५ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ९ करोड ८३ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको

कर्णाली डेभलपमेण्ट बैंकलाई १ करोडभन्दा बढिको खुद नोक्सानी

काठमाण्डौं । कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म १ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानी ब्यहोरेको छ । 

बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस वर्ष कुल सञ्चालन आम्दानी १७ प्रतिशत कम भएको र इम्पेरमेण्ट चार्ज १७.३६ प्रतिशत बढी भएकाले कम्पनीले खुद नोक्सानी ब्यहोर्नु परेको हो । 

गत वर्ष ११ करोड ८५ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ९ करोड ८३ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो ।

यस्तै गत वर्ष २ करोड ९७ लाख इम्पेरमेण्ट चार्ज रहेको कम्पनीको यस वर्ष ३ करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ ।

रिटेन्ड अर्निग १० करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ५४७ प्रतिशत बढेर १४ करोड ४५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।

यस वर्ष कम्पनीले ४ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब २९ करोड ९१ लख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३.१३ प्रतिशत रहेकोमा यस वर्ष ३.६८ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.८६ प्रतिशत रहेको छ भने ३३.६२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।