८ मंसिर, २०८१ शनिबार
10:44:32 AM
१२ जेठ, २०७९
कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं नाम तथा मोबाइल नम्बर समेत अनिवार्य रुपमा उल्लेख गर्न सूचनामा भनिएको छ ।
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । बैकले एक सूचना प्रकाशन गर्दै गत आर्थिक वर्ष २०७/।७८ का लागि वितरण गरेको बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो ।
बैंकको चैत्र १२ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १६ प्रतिशत बोनस सेयर पारित गरिएको थियो । बैंकले सोही बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको हो ।
साविकको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७८/०७/२८ गते पश्चात् सेयर खरीद गरेका सेयरधनीहरुले मात्रै उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्नुपर्नेछ।
बोनस सेयरमा लाग्ने कर काठमाडौंको लाजिम्पाटस्थित गरिमा विकास बैंकमा एनआईबिएल एस क्यापिटलको नाममा रहेको बैंक खाता ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न सकिने छ । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं नाम तथा मोबाइल नम्बर समेत अनिवार्य रुपमा उल्लेख गर्न सूचनामा भनिएको छ ।
आफूले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण विकास बैंकको वेबसाईट www.garimabank.com.np अथवा शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाईट www.niblcapital.com मा गई हेर्न भनिएको छ ।