२६ जेठ, २०८२ आइतबार
07:55:17 AM
१२ जेठ, २०७९
यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको कुमारी धनवृद्धि योजना इकाईमा आज (जेठ १२ गते बिहीबार) देखि आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ।
यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन । लगानीकर्ताले छिटोमा जेठ १७ सम्म र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ २६ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।