८ मंसिर, २०८१ शनिबार
05:36:57 AM
१२ जेठ, २०७९
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गर्नुभएको थियो ।