८ मंसिर, २०८१ शनिबार

11:10:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले कोषमा रहेको २२ करोड ३२ लाख मुद्दति खातामा राख्ने, प्रस्ताव आव्हान

Nepal Business

११ जेठ, २०७९

असार १ देखि २०८० जेट ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राख्न लागिएको सूचनामा जनाइएको छ ।

राष्ट्र बैंकले कोषमा रहेको २२ करोड ३२ लाख मुद्दति खातामा राख्ने, प्रस्ताव आव्हान

काठमाडौं, 
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रु २२ करोड ३२ लाख रुपैयाँ मुद्दनि खातामा राख्ने भएको छ।   त्यसका लागि विभिन्न बैंकलाई उसले प्रस्ताव आव्हान समेत गरेको छ । 

बैंकले वाणिज्य बैंकमा १७ करोड ८७ लाख, विकास बैंकमा ३ करोड ३४ लाख र वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्ने जनाएको छ। 

बैंकले वाणिज्य बैंकमा १७ करोड ८७ लाख, विकास बैंकमा ३ करोड ३४ लाख र वित्त कम्पनीमा १ करोड ११ लाख रुपैयाँ राख्ने जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाले आफुले लिन चाहेको रकमको लागि ब्याजदर प्रस्ताव गर्न सूचना मार्फत आव्हान गरिसकेको छ । असार १ देखि २०८० जेट ३२ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राख्न लागिएको सूचनामा जनाइएको छ । 

१९ गते राती १२ बजेभित्र बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्न र त्यो जानकारी २० गर्ते गराइदिन अनुरोध गरेको छ।