१६ बैशाख, २०८१ आइतबार

07:31:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डब्ल्युएचओको महानिर्देशकमा पूनः डा. ट्रेडोस निर्वाचित

Nepal Business

११ जेठ, २०७९

पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उहाँ पुनः अर्को कार्यकालका लागि निर्वाचित हुनु भयो ।

डब्ल्युएचओको महानिर्देशकमा पूनः डा. ट्रेडोस निर्वाचित

काठमाण्डौं ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त हुनु भएको छ । उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित हुनु भएको थियो  । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उहाँ पुनः अर्को कार्यकालका लागि निर्वाचित हुनु भयो । गेब्रेयसस एक्लो उम्मेदवार रहनु भएको थियो ।

डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि उहाँले भन्नुभयो  यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु ।

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उहाँको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।