८ मंसिर, २०८१ शनिबार
11:18:27 AM
११ जेठ, २०७९
जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीमा सुधार आएको छ । वैशाख महिनाभरि वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुबै घटेको थियो । तर जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। निक्षेप बढेसँगै जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
गत वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। वैशाख महिनाभरि वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको थियो।
यसैगरी जेठको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ। गत वैशाख ३० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोको थियो ।
यसैबिच जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। वैशाख महिनाभरि भने वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको थियो।