८ मंसिर, २०८१ शनिबार
10:48:02 AM
११ जेठ, २०७९
तत्कालित रजिष्ट्रारको कार्यकालमा करिब १ सय ३० वटा संस्था दर्ता भएका छन् ।
काठमाण्डौं । बागमती प्रदेश सरकार अन्तर्गत दर्ता भएका सहकारी संस्थाको छानविन गरिने भएको छ । यस अन्तर्गत दर्ता भएका सहकारीहरुको छानविनका लागि समिति समेत गठन भएको छ ।
तत्कालित रजिष्ट्रारको कार्यकालमा प्रकृया नपुगी सहकारी दर्ता भएको गुनासो आएपछि बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानविन समिति गठन गरेको हो ।
मन्त्रालयका कानुनी अधिकृत प्रकाश चापागाईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिले उक्त समयमा दर्ता भएका सहकारीको अध्ययन गरिरहेको छ ।
तत्कालित रजिष्ट्रारको कार्यकालमा करिब १ सय ३० वटा संस्था दर्ता भएका छन् । उक्त समयमा अधिकांश बहुउद्देश्यीय सहकारी दर्ता भएका छन् । एकभन्दा बढी पालिका कार्यक्षेत्र रहने सहकारीको दर्ता प्रदेशमा हुने कानुनी व्यवस्था छ ।
संस्था दर्ता गर्दा प्रकृया नपुगेको गुनासो आएपछि छानविन गर्न समिति गठन गरिएको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो ।