८ मंसिर, २०८१ शनिबार
10:50:44 AM
११ जेठ, २०७९
उक्त ऋणपत्र जेठ १३ गते निष्कासन हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ वर्ष अवधिको (विकास ऋणपत्र २०८१ ९च) नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
उक्त ऋणपत्रको बोलकबोल भोलि (जेठ १२ गते बिहीबार) अपरान्ह ३ बजेसम्म हुनेछ । उक्त ऋणपत्र जेठ १३ गते निष्कासन हुनेछ । ऋणपत्रको साँवा २०८१ साल जेठ १३ गते भुक्तानी गरिने बैंकले जनाएको छ ।
सो ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र खरिद गर्न चाहाने इच्छुक नेपाली नागरीकले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन। दिन पाइनेछ ।
त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।