८ मंसिर, २०८१ शनिबार

11:02:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्र बैंकको कूल सम्पति कति ?

Nepal Business

११ जेठ, २०७९

नेपाल राष्ट्र बैंकसँग बैशाख महिनाको ३१ गतेसम्म १५ खर्ब ८१ अर्ब ६२ करोड ८९ लाख २८ हजार ६२८ रुपैयाँ जम्मा सम्पत्ति रहेको छ ।

नेपाल राष्ट्र बैंकको कूल सम्पति कति ?

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले वैशाख महिनाको मासिक वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । मासिक वित्तीय विवरण अनुसार नेपाल राष्ट्र बैंकसँग बैशाख महिनाको ३१ गतेसम्म १५ खर्ब ८१ अर्ब ६२ करोड ८९ लाख २८ हजार ६२८ रुपैयाँ जम्मा सम्पत्ति रहेको छ । यस प्रकारको सम्पति गत महिनाको सोहि अवधिसम्म १५ खर्ब ८७  अर्ब ८८ करोड ९९ लाख ६६ हजार १४० रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैशाख महिनाको ३१ गतेसम्म राष्ट्र बैंकमा ४ खर्ब ९५ अर्ब ७८ करोड ३ लाख ३ हजार ३४७ रुपैयाँ नगद तथा नगद सामान रहेको छ भने व्यापारिक सम्पत्ति अन्तर्गत २ अर्ब ४८ करोड २१ लाख ३५ हजार ९२५ रुपैयाँ रहेको छ । 

गत बैशाख महिनाको ३१ गतेसम्म राष्ट्र बैंकले ३ खर्ब २६ अर्ब ८३ करोड ७ लाख ७२ हजार २८१ रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई ऋण तथा सापटी दिएको छ । यसैगरी यस अवधिमा ८८ अर्ब १६ करोड ९४ लाख १९ हजार ९५७ रुपैयाँ बराबरको सुन तथा चाँदी रहेको छ ।