८ मंसिर, २०८१ शनिबार
11:06:18 AM
११ जेठ, २०७९
तोकिएको समयभित्र सो सेयर खरिद गर्न हाल कायम संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । फाइनान्सले आफ्ना सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
फाइनान्स कम्पनीले एक सूचना प्रकाशन गर्दै संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी फाइनान्सको केन्द्रिय कार्यलयमा आवेदन दिन अनुरोध गरेको छ । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
साथै, तोकिएको समयभित्र सो सेयर खरिद गर्न हाल कायम संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने फाइनान्सले जनाएको छ ।