८ मंसिर, २०८१ शनिबार

11:01:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क -कसले दिन पाउछन् आवेदन?

११ जेठ, २०७९

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क -कसले दिन पाउछन् आवेदन?

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले दिएको निवेदनका आधारमा उक्त संस्थापक सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता १५० तोकिएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्गक कागजपत्र सहित बैंकको कम्पनी सचिवको कार्यलयमा आवेदन दिन आग्रह गरेको छ ।

साथै, उक्त तोकिएको समयमा संस्थापक सेयर खरिद गर्न हाल कायम संस्थापक सेयरधनीहरुबाट कुनैपनि निवेदन पेस नभएमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई सो सेयर बिक्री प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।