८ मंसिर, २०८१ शनिबार

10:40:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र डा.आचार्य नियुक्त

Nepal Business

११ जेठ, २०७९

मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालकमा नियुक्त गरेको

नेपाल राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र डा.आचार्य नियुक्त

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त हुनुभएको छ ।

खाली रहेको दुई पदमा मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो । 

राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको थियो ।