७ मंसिर, २०८१ शुक्रबार
11:35:29 AM
११ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार
काठमाण्डौं । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।