४ जेठ, २०८१ शुक्रबार

07:52:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हवाई यात्रु बढे

Nepal Business

१६ पुस, २०७८

हवाई यात्रु बढे

काठमाडौँ, १६ पुस । कोभिड–१९ महामारीका विशेषगरी पर्यटन र हवाई क्षेत्र बढी प्रभावित बन्यो । महामारीकै बीच पनि हवाई उडान गर्ने यात्रुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत अन्तरराष्ट्रिय उडानतर्फ कूल ११ लाख पाँच जहार १५९ यात्रु आवागमन गरेकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या १२ लाख ८० हजार २१२ रहेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत अन्तरराष्ट्रिय उडानतर्फ कूल ११ लाख पाँच जहार १५९ यात्रु आवागमन गरेकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या १२ लाख ८० हजार २१२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनमा यात्रु सङ्ख्या करिब १९ प्रतिशतले वृद्धि भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । 

त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुहरुको आवागमन भएकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या ३१ लाख १६ हजार ६७५ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ११३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसबाट हवाई क्षेत्रले विस्तारै पुनरुत्थानको चरणमा रहेको प्राधिकरणको निष्कर्ष छ ।